म्याक्सवेल भारतीय मुलकी प्रेमिकासँग वैवाहिक बन्धनमा

सिड्नी, एजेन्सी। अस्ट्रेलियाका बिस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेल भारतीय मुलकी प्रेमिका विनी रमनसँग वैवाहिक जोडीको रूपमा बाँधिएका छन्। होलीको दिन यी जोडीले निजी समारोहका बीच विवाद गरे। म्याक्सवेलले आफ्नो इन्स्टामा चुम्बन गरेको तस्वीर अपलोड गरेपछि विश्वले उनको विवाहको खबर प्राप्त गरेको हो।

दुवैले सन् २०२० मै विवाहका लागि रिङ साटेका थिए। उनीहरू सन् २०१७ देखि नै डेटमा थिए। म्याक्सवेलको खराब समयमा पनि विनीसँगै थिइन। मानसिक समस्याबाट जुधिरहेका म्याक्सवेललाई बाहिर निकाल्न विनीको ठूलो योगदान रहेको बताइएको छ। विनीको परिवार दक्षिण भारतीय हो। उनी पेशाले फार्मासिस्ट हुन्।

म्याक्सवेलभन्दा अगाडि सान टेटले पनि २०१४ मा भारतीय मोडल मासुम सिन्धासँग विवाह गरेका थिए। भारतीय केटी विवाह गर्ने म्याक्सवेल दोस्रो अस्ट्रेलियन क्रिकेटर हुन्।  
 

प्रतिक्रिया