तसलिमाले भनिन्, ‘दि कास्मिर फाइल्स’ को कथा साँचो हो भने कास्मिरी पण्डितले अधिकार पाउनुपर्छ

मुम्बई, एजेन्सी। विवेक अग्निहोत्रीको फिल्म ‘दि कस्मिर फाइल्स’ अहिले भारतभरी चर्चाको विषय बनेको छ। कास्मिरी पण्डितहरूको दुःखको कथा देखाइएको यो फिल्म सन् १९९० मा कास्मिरबाट कसरी हिन्दु पण्डितलाई लखेट्ने काम भएको थियो, त्यसलाई दर्साइएको छ।

फिल्मको कथालाई लिएर कट्टपन्थी मुस्लिमहरूले विरोध जनाएका छन्। उनीहरूले कास्मिरको सद्भावना भड्काउन यो फिल्म ‘प्रोपगान्डा’ को रूपमा निर्माण भएको आरोप पनि लगाएका छन्।

तर, चर्चित लेखिका तसलिमा नसरिनले फिल्मको तारिफ गरेकी छिन्। बंगलादेशी लेखिका तसलिमालाई मुस्लिम पुरुषको वर्चश्वको विषयमा किताब लेखेको भन्दै फतवा जारी भएको थियो।

उनले हालै ‘दि कास्मिर फाइल्स’ हेरेको र फिल्ममा देखाए जस्तै सबै कुरा वास्तविक हो भने कास्मिरी पण्डितहरूलाई ठूलो अन्याय भएको र उनीहरूको अधिकार स्थापित हुनुपर्ने बताएकी छिन्। उनले आफ्नो ट्वीटरमा लेखेकी छिन्, ‘आज दि कास्मिर फाइल्स हेरे। साच्चै कथा सतप्रतिशत सत्य हो र कुनै कुरा बढाइ–चढाइ नदेखाएको हो भने कास्मिरी पण्डितले पुनः कास्मिरमा बसोबास गर्ने अधिकार पाउनु पर्छ। म बुझिरहेको छुइन कि बंगलादेशमा बंगाली हिन्दुलाई निकालेको विषयमा किन फिल्म बन्दैन।’

‘दि कास्मिर फाइल्स’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ। रिलिजको ८ दिनमा यसले आमिर खानको ‘दंगल’ र प्रभासको ‘बाहुबलीः दि कन्क्लुजन’ लाई पनि पछाडि छोडेको छ। अहिलेसम्म फिल्मले १ सय २० करोड रुपैयाँ आम्दानी गरिसकेको छ। 

प्रतिक्रिया