वार्नको शरीर मेलबर्नमा, अन्तिम संस्कारमा १ लाख मानिस सहभागी हुने

मेलबर्न। अस्ट्रेलियाका महान लेग स्पिनर सेन वार्नको शरीर नेपाली समयअनुसार ७ बजेर १५ मिनेटमा थाइ विमानस्थलबाट अस्ट्रेलिया पुर्याइएको छ। वार्नको निधन थाइल्याण्डको एउटा रिसोर्टमा शुक्रबार भएको थियो। 

CCK

थाइल्याण्डको कोह समुन्द्री क्षेत्रमा छुट्टि मनाइरहेका वार्नको अचानक हद्यघातका कारण ५२ वर्षको उमेरमा निधन भएपछि अन्तर्राष्ट्रिय क्रिकेट स्तब्ध बनेको थियो। उनको अटोप्सी रिपोर्टमा मृत्युको कारण नेचुरल बताइएको छ। 

वार्नको शरीरलाई गत आइतबार सुरत थानी हुँदै राजधानी बैकक पुर्याइएको थियो। वार्नलाई मेलबर्न क्रिकेट मैदान (एमसीजी) मा अन्तिम विदाई दिने तयारी भएको छ। विदाई कार्यक्रममा १ लाख व्यक्ति सहभागी हुने र यसमा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन पनि समावेश रहने बताइएको छ।

प्रतिक्रिया