'प्रधानन्यायाधीशबाट न्यायपालिका जोगाउ'

काठमाडौँ । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अयोग्य प्रमाणित भइसकेको भन्दै महाभियोग लगाउन राजनीतिक दलहरुसँग माग गरेको छ ।

सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी फोरमले प्रधानन्यायाधीश जबरा न्यायपालिका नेतृत्वका लागि अयोग्य प्रमाणित भइसकेको बताएको हो । पत्रकार सम्मेलनमा फोरमका अध्यक्ष टोपबहादुर सिंहले प्रधानन्यायाधीशको वार्ताको आह्वान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र भएको बताए ।

फोरमले प्रधानन्यायाधीश जबराको हठ र निरंकुशताको कारण आज मुलुकको न्यायलमा संकट उत्पन्न भएको बताएको छ । त्यसैगरी फोरमले प्रधानन्यायाधीश जबराउपर न्यायाधीशहरूको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्वारा जारी विज्ञप्तिमा उल्लेख भएका पन्ध्र बुँदे आधारमा महाभियोग लगाउनका लागि पर्याप्त आधार भएको बताएको छ ।

प्रतिक्रिया