शम्भु र चण्डेश्वरको निधारमा पसिना

खुमलटारस्थित आफ्नो निवासमै आएर तीन पटकसम्म भेटेका दुइ महत्वाकांक्षी र चालु प्रवृत्तिका बामपन्थी अधिवक्तालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई जसरी भए पनि हटाउने जिम्मेवारी तपाईंहरुको काँधमा छ, ओली र माधवले तपाईंहरुलाई हेर्दैनन्, हेर्ने मै हो, यो मिसन फत्ते गर्नुस्, तपाईंलाई म हेर्छु, अब अलि कडा धक्का दिनुहोला’ भन्दै निर्देशन दिएर धाप मारेको चर्चा नेपाल बारकै प्रांगणमा चलिरहँदा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाको निधारमा अचानक पसिना छुटेको देखेपछि वकिलहरुबीच कानेखुसी चल्यो, ‘दालमा केही कालो छ ।’ 
 

प्रतिक्रिया