'यथास्थितिमा एमसीसीको समर्थन गर्न सकिन्न'

वीरगंज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी पास गर्न नसकिने बताएका छन् । शुक्रबार वीरगंजमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमसीसीका केही बुँदामा स्पष्ट हुन आवश्यक रहेको बताएका हुन् ।

जनमत एमसीसीको विपक्षमा रहेकाले केही कुरा स्पष्ट पार्नुपर्ने उनले बताए । उनले भने, ‘एमसीसीमा कतिपय कुराहरु मिलाउनु पर्नेछ । जनमतलाई पनि हामीले कसरी आश्वस्त बनाउने, यो एउटा ठूलो चुनौती छ । यसलाई समय मागेर छलफल गरी प्रष्ट पार्न आवश्यक छ।’

उनले आफूहरु कुनै सैन्य गठबन्धनमा सामेल नहुने, सुरक्षा रणनीतिको अंग नबन्ने र नेपालको भूमिमा कसैको स्वामित्व र सार्वभौम अधिकार नसुम्पिने मान्यताका साथ अगाडि बढ्ने चाहिरहेको बताए । फरक प्रसंगमा अध्यक्ष नेपालले पाँच दलको सत्तारुढ गठबन्धन अगामी चुनावमा एकताबद्ध भएर जानु पर्छ भन्ने मान्यतामा रहेको बताए ।

प्रतिक्रिया