कानुन व्यवसायी सर्वोच्च प्रांगणमा धर्नामा बसेपछि प्रधानन्यायाधीश वैकल्पिक बाटोबाट अदालत प्रवेश

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा गर्दै सुरु गरको आन्दोलन आइतबार पनि जारी राखेको छ । नेपाल बार एसोसिएसनको नेतृत्वमा आइतबार पनि कानुन व्यवसायीहरुले  सर्वोच्च अदालत प्रांगणमै धर्ना दिएका छन् ।

कानुन व्यवसायीहरु सर्वोच्च प्रांगणमै धर्नामा बसेपछि प्रधानन्यायाधीश वैकल्पिक बाटोबाट अदालत प्रवेश गरेका थिए । कानुन व्यवसायी प्रदर्शनमा उत्रिएपछि सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । शुक्रबार पनि कानुन व्यवसायी सर्वोच्चको गेटमै धर्नामा बसेपछि वैकल्पिक बाटोबाटै प्रधानन्यायाधीश अदालत प्रवेश गरेका थिए ।

बारको अगुवाइमा तीन सातादेखि कानुन व्यवसायी आन्दोलनमा छन् । उनीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग राखेका छन् । त्यस्तै सर्वोच्चका न्यायाधीश पनि इजलास बहिष्कार गर्दै आएका छन् । जसका कारण सर्वोच्चमा मुद्दाको सुनुवाई हुन सकेको छैन । प्रधानन्यायाधीश जबराले भने आफू संवैधानिक प्रक्रियबाट आएकाले सडकमा नारा लगाउँदैमा राजीनामा नदिने बताउँदै आएका छन् । 

प्रतिक्रिया