समाजवादका लागि व्यक्तिवाद र निरंकुशतावादविरुद्धको लडाईँ जारी छः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई जाँडरक्सी नखान निर्देशन दिएका छन् । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरुले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताएका हुन् ।

उनले जाँडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरुलाई आग्रह गरेका छन् । उनले भने, ‘तपाईँहरुमा पनि साँझ पर्ने वित्तिकै पाँचतारे होटल धाईधाईकन नखाईकन निन्द्र नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाएँ भने म राम्रो मान्दिन । यसले व्यक्तिको प्रतिष्ठा बढ्दैन । सम्मान बढ्दैन । जाँडरक्सी खायो भने प्रतिष्ठा बढ्ला भन्ने नठान्नू होला ।’

अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृत्तिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गरे । उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दावी गरे । त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाई लडिरहनु परेको अध्यक्ष नेपालको भनाई थियो ।
 

प्रतिक्रिया