खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मंगलबार अधिवक्ता सल्लु तिवारी र सविन पोख्रेलले खोप कार्ड नभएकलाई सरकारी सेवा र सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाइएको छ। रिट निवेदनमा खोप कार्ड नभएकालाई सेवाबाट बञ्चित गर्नेदेखि सार्वजनिक स्थलमा प्रवेश रोकसमेत लगाउने सरकारी निर्णय गैरकानुनी रहेको जिकिर गरिएको छ । यस्तै निवेदनको अन्तिम किनारा नलागेसम्म विपक्षीलाई माघ ६ र पुस ३० गतेको निर्णय लागू नगर्नका लागि अन्तरिम आदेशको माग पनि गरिएको छ ।

 

प्रतिक्रिया