प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालत प्रवेश

काठमाडौँ । नेपाल बार एसोसिएसनको अवरोधका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । नेपाल बारका पदाधिकारीहरुले सर्वोच्चको मुख्य गेट अगाडी प्रधानन्यायाधीश जबरालाई प्रवेश रोक लगाउन भन्दै धर्ना दिइरहेको बेला प्रधानन्यायाधीश महान्यायधिवक्ताको कार्यालयसँगै रहेको अर्को गेटबाट अदालत प्रवेश गरेका हुन् ।

बिहीबार अदालत परिसरमा प्रहरीले हस्तेक्षप गरेपछि बारले शुक्रबार सम्पूर्ण बेन्च बहिष्कार गर्दै प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा रोक्ने कार्यक्रम तय गरेको थियो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी तीन सातादेखि आन्दोलनमा छन् । त्यस्तै सर्वोच्चका प्रधानन्यायाधीश पनि इजलास बहिष्कार गर्दै आएका छन् ।

प्रतिक्रिया