१०० दिनमा श्रममन्त्रीका ३५ सुधारका काम

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । सोमबार जिम्मेवारी सम्हालेको सय दिन पुरा भएको अवसरमा मन्त्री श्रेष्ठले गरेका कामहरुको सूची सार्वजनिक गरेका हुन् ।

सय दिनको अवधिमा श्रम क्षेत्रका समस्या समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न आधार तयार गरेको मन्त्री श्रेष्ठको भनाइ छ ।

त्यस्तै उनले सूचना प्रबिधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाइ सहज रूपमा सेवा प्रदानको सुरुवात, आन्तरिक रोजगारीमा प्रवद्र्धन, सेवा प्रवाहमा सहजीकरणलगायत ३५ बुँदे सुधारको काम गरेको दाबी गरेका छन् ।

 

प्रतिक्रिया