किडनी स्टोन (मृगौलाको पत्थरी) को दुखाइ असहनीय हुन्छ, तैपनि यसको चर्चा कमै हुने गर्छ। खराब जीवनशैली, खानपानका गलत बानीहरू र पाचन सम्बन्धी समस्याहरू किडनी स्टोनका मुख्य कारण हुन्। किडनी स्टोन केवल खनिजको थुप्रो मात्र होइन शरीरमा वात-कफको असन्तुलन, बिग्रिएको मेटाबोलिज्म र विषाक्त पदार्थहरू जम्मा हुनाले पनि यो समस्या हुन सक्छ। दिनचर्या र खानपानमा सुधार गरेर किडनी स्टोनबाट बच्न सकिन्छ।
किडनी स्टोनका लक्षणहरू के हुन्?
आयुर्वेदमा किडनी स्टोनलाई 'मूत्रश्मरी' भनिन्छ। शरीरमा वात र कफको असन्तुलन हुनु, विषाक्त पदार्थ जम्मा हुनु र पाचन प्रणालीमा गडबडी हुनु यसको मुख्य कारण हो। किडनीको काम रगतबाट विषाक्त पदार्थ, अतिरिक्त पानी र अनावश्यक तत्वहरूलाई पिसाबको माध्यमबाट बाहिर निकाल्नु हो।
किडनीले शरीरमा इलेक्ट्रोलाइट्स, एसिड-बेस, रक्तचाप र हड्डीको स्वास्थ्य कायम राख्ने खनिजहरूको सन्तुलन मिलाउने काम पनि गर्छ। जब किडनीलाई शरीरबाट विषाक्त र अनावश्यक पदार्थ बाहिर निकाल्न गाह्रो हुन्छ, तब यो किडनीमा स्टोन भएको संकेत हुन सक्छ।
किडनी स्टोनका लक्षणहरू
तल दिइएका लक्षणहरूले किडनीमा स्टोन भएको संकेत गर्छन्। यी संकेतहरूलाई बेवास्ता गर्दा पछि गएर गम्भीर र तीव्र दुखाइ हुन सक्छ:
-पिसाब फेर्दा जलन हुनु
-तल्लो पेट दुख्नु
-पिसाबको रङमा परिवर्तन आउनु
-पिसाब कम मात्रामा हुनु
-ब्ल्याडर (मूत्रथैली) क्षेत्रमा भारीपन महसुस हुनु
-छटपटी हुनु
किडनी स्टोनका लागि आयुर्वेदिक उपायहरू
आयुर्वेदमा किडनी स्टोनको दुखाइ कम गर्न र उपचारका लागि विशेष जडिबुटीहरूको प्रयोग गरिन्छ। यी जडिबुटीहरूले पत्थरीलाई फुटाउन, सुन्निएको कम गर्न र पिसाबको प्रवाह सुधार्न मद्दत गर्छन्। प्रत्येक व्यक्तिको शरीरमा किडनी स्टोनको लक्षण फरक हुन सक्छ। त्यसैले, लक्षण हेरेर निम्न ५ जडिबुटीहरूको प्रयोग गरिन्छ:
पाषाणभेद: यो जडिबुटी पत्थरी फुटाउने गुणका लागि चिनिन्छ। यसले बिस्तारै स्टोनलाई टुक्राउन सहयोग गर्छ।
गोक्षुरा: यसले मूत्र मार्गको समस्यालाई शान्त पार्न र पिसाबको प्रवाहलाई राम्रो बनाउन मद्दत गर्छ।
वरुण: यसले पत्थरी बन्ने प्रक्रियालाई कम गर्छ र किडनीको कार्यक्षमतामा सुधार ल्याउँछ।
पुनर्नवा: यसले शरीर सुन्निएको कम गर्छ र विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ।
कुलथीको दाल: परम्परागत रूपमा यसलाई साना पत्थरीहरू बाहिर निकाल्न निकै प्रभावकारी मानिन्छ।
आयुर्वेदिक जडिबुटीको प्रयोग कसरी गर्ने?
आयुर्वेदमा जडिबुटीको सेवन बिरामीको अवस्था र पाचन शक्ति अनुसार फरक-फरक रूपमा गरिन्छ:
-पाषाणभेद र वरुणबाट बनाइएको काँढा
-मनतातो पानी वा महसँग धुलोको सेवन।
-हर्बल ट्याब्लेट वा क्याप्सुल।
-खानाको रूपमा कुलथीको दालको झोल समावेश गर्ने।
आयुर्वेदिक उपचारको समय-सीमा
उपचारमा कति समय लाग्छ भन्ने कुरा पत्थरीको आकार, स्थान र बिरामीको स्वास्थ्य अवस्थामा निर्भर गर्दछ।
-आयुर्वेदले बिस्तारै काम गर्छ, त्यसैले धैर्यता आवश्यक छ।
-सानो पत्थरी: केही हप्तामै पग्लिन वा निस्कन सक्छ।
-मध्यम आकार: नियमित उपचार गर्दा १ देखि ३ महिना लाग्न सक्छ।
-ठूलो वा दोहोरिरहने पत्थरी: लामो समयसम्म उपचार र कडा खानपानको परहेज आवश्यक हुन्छ।
किडनी स्टोनमा कस्तो डाइट लिने?
-दिनभरि प्रशस्त मात्रामा पानी पिउने।
-नारिवलको पानी पिउने।
-ताजा फलफूल खाने।
-हल्का र सजिलै पच्ने खाना खाने।
-जौको पानी र हर्बल ड्रिंक पिउने।
के कुराबाट परहेज गर्ने?
-धेरै नुन र प्रोसेस्ड फूड (बट्टाका खानेकुरा)।
-धेरै प्रोटिनयुक्त आहार।
-अमिलो र पिरो-मसालेदार खानेकुरा।
-प्याकेज गरिएका र कार्बोनेटेड ड्रिंक (कोल्ड ड्रिंक)।
जीवनशैलीमा परिवर्तन
-पिसाब लामो समयसम्म नरोक्ने।
-नियमित व्यायाम गर्ने।
-दिनभरि एकै ठाउँमा बसिरहनुको सट्टा सक्रिय रहने।
-समयमै सुत्ने र बिहान सबेरै उठ्ने ९पर्याप्त निद्रा लिने०।
-ध्यान र प्राणायामबाट तनाव कम गर्ने।
आयुर्वेदिक उपचारले केवल दुखाइ कम गर्ने मात्र नभई समस्याको जडबाटै समाधान खोज्छ। सही जडिबुटी, सन्तुलित खानपान र सक्रिय जीवनशैली अपनाएर किडनी स्टोनबाट राहत पाउन सकिन्छ र यो फेरि हुने सम्भावनालाई पनि कम गर्न सकिन्छ। एजेन्सी
प्रतिक्रिया