भारतले लिपुलेकमा गरेको सडक विस्तार रोक्न एकीकृत समाजवादीको माग

काठमाडौँ । लिपुलेक क्षेत्रमा भारतले एकलौटी ढंगले सडक विस्तार गरेको भन्दै नेकपा (एकीकृत समाजवादी)ले आपत्ति जनाएको छ ।

पार्टीका विदेश विभाग प्रमुख झलनाथ खनालले सोमबार विज्ञप्ति जारी गरी भारतले अवैधानिक रूपमा सडक विस्तार गरेको भन्दै आपत्ति जनाएका हुन् ।  खनालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो कुरा भारतलाई थाहा हुँदाहुँदै पनि नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लंघन गरेको उल्लेख गरेका छन् ।  


271662021_467346244757737_3420871535839885457_n

प्रतिक्रिया