बहुगुणी छन् यी तीन मसला, भान्सामा राख्न नबिर्सौं

हाम्रो घरका भान्सामा धेरै औषधीय चीजहरू छन्, कति त बहुगुणी मसलाहरू पनि छन्। प्रत्येक मसलाको आफ्नै फाइदाजनक गुण र विशेषता हुन्छ। विज्ञहरूले यस्ता ३ मसलाहरूको बारेमा जानकारी दिएका छन्। जसले कोलेस्ट्रोलदेखि पेटसम्बन्धी कैयौं रोगहरुसम्म सबै कुरा कम गर्न सक्छ। के छन् त्यस गुणी मसला–

दक्षिण एशियामा भारत धेरै किसिमका मसला पाईने र उपभोग गर्ने देश मानिन्छ। यहाँ थरीथरीका मसला उत्पादन हुन्छन् भने उपयोगका तरिका पनि उस्तै विविध छन् । त्यस्ता विविध गुण भएका मसलाले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउँछ। यी मसलामा धेरै स्वास्थ्य बृद्धि गर्ने गुणहरू छन्, जसले रोगहरूलाई जरैबाट उन्मूलन गर्ने काम गर्दछ।

एक स्वास्थ्य शिक्षकले औषधिको बाकसमा भन्दा हाम्रा भान्सामा धेरै शक्तिशाली औषधिहरू हुने गरेको बताए। यो रोगहरूसँग लड्ने पहिलो तरिका हो, जुन हाम्रा हजुरआमाको पालादेखि नै यस्तो औषधीय गुण भएका मसलाको प्रयोग हुँदै आएको छ।

यसका धेरै फाइदाहरू छन्,  त्यस्ता मसलाले कैयौं रोगहरु निको पार्नेदेखि ब्याक्टेरिया मार्नेसम्मका काम गर्छन् ।  
यहाँ केही तीन मुख्य मसलाको गुणको चर्चा गरिएको छ ।

मेथी

मधुमेह र कोलेस्ट्रोल दुवैले एकसाथ समस्या निम्त्याउँछन्। कोलेस्ट्रोलका कारण मधुमेहका बिरामीहरूको अवस्था बिग्रन सक्छ।
यसका लागि विज्ञहरूले मेथी खान सल्लाह दिएका छन्। यसले टाइप २ मधुमेहका बिरामीहरूको कोलेस्ट्रोल प्रोफाइलमा सुधार ल्याउँछ। विश्वभर लाखौं मानिसहरू यी दुई रोगबाट पीडित छन्।

दालचीनी

महिलाहरूमा हर्मोनमा असन्तुलनको कारणले केही समस्या हुन्छ । तर चिन्ता लिनु पर्दैन किनभने दालचिनी यसमा फाइदाजनक छ। यसले हर्मोन सन्तुलनमा राख्न मद्दत गर्छ।

ल्वाङ्ग

वर्षायाममा संक्रमणको जोखिम बढ्छ। ब्याक्टेरिया, फंगस र भाइरसले धेरै रोगहरू निम्त्याउन सक्छ। तर विज्ञहरूका अनुसार ल्वाङ्गको तेलमा यी सबै सूक्ष्मजीवहरूलाई मार्ने शक्ति हुन्छ।

पाचनको शक्तिका साथी

मसलामा पाचन सुधार गर्ने क्षमता हुन्छ। त्यसैले खाना सजिलै पचाउन सकोस् भनेर यसलाई खानासँगै लिइन्छ। यदि तपाईंलाई पाचन समस्या छ भने सही मसला प्रयोग गर्नुहोस्। (विभिन्न स्रोतबाट)

प्रतिक्रिया