काठमाडौं । नेपाल डेरी एशोसियसनका अध्यक्ष प्रल्हाद दाहालले डेरी उद्योगहरु आफैंपनि समस्यामा परेका कारण किसानको भुक्तानी रोकिएको बताएका छन् । उनले यतिबेला समग्र डेरी क्षेत्रको चेन बिग्रिएर आफैं समस्यामा परेकाले किसानको भुक्तानी समयमा दिन नसकिएको बताएका हुन।
करिब साढे दुई वर्षदेखि नेपालका डेरी उद्योगहरु समस्यामा परेका कारण पछिल्लो समय उद्योगीले किसानलाई पैसा दिएनन र किसानले पाएनन भन्ने चर्चा व्यापक रुपमा चलेको उनको भनाइ छ । तर उद्योगीले किन किसानलाई भुक्तानी दिन सकेनन भन्ने कुराको वास्तविकता बाहिर नआएको उनले बताए । यसको वास्तविकता विगतमा महामारीको रुपमा देखिएको कोभिडसँग जोडेर हेर्नुपर्ने उनको भनाइ छ । ‘दुध भनेको अन्य बस्तु जस्तो लामो समयसम्म मौज्दात गरेर राख्न पनि मिल्दैन, त्यसलाई धुलो वा बटर बनाएर राख्नलाई थप लगानी लाग्छ । कोभिडसँगै डेरी क्षेत्र अझ बढी समस्यामा परे । किनभने कोभिडका कारण दुध खपतमा कमी आयो र किसानको दुध खेर जाने अवस्था सिर्जना भयो । हामीले दुध खेर जान नदिन जसरी हुन्छ दुध नफालौं भन्ने भएर धुलो दुध र बटरमा कन्र्भट गर्दै गएपछि ५–६ अर्ब रुपैयाँको मौज्दात रहन गयो,’ उनले भने । कोभिडबाट तंग्रिदै गर्दा फेरी लम्पीस्कीन रोग आयो जसले गर्दा त्यस्तो रोग लागेका गाईबस्तुको दुध खानु हुँदैन भन्ने भ्रम फैलियो । तर कुनैपनि डाक्टरले त्यस्तो रोगबाट ग्रस्त गाइबस्तुको दुध खान हुँदैन भनेको छैन् । बढ्दो छन् । आफुले किसानलाई पैसा भुक्तानी गर्न बाँकी नरहेको दावी गर्दै उनले डेरी एशोसियसनका सदस्यहरु मध्ये छुर्पि निर्यात हुन नसकेका ४–५ जनाको मात्रै भुक्तानी बाँकी रहेको दाबी गरे ।
डेरी क्षेत्रको चेन प्रणालीमा समस्या आएकाले नै अहिलेको सबै समस्या भइरहेको बताउँदै दाहालले कसैले बेइमानी गरेको वा किसाको पैसा नदिएर अन्यत्र लगानी नगरेको बताए । दुध उत्पादक किसानले सिधै उद्योगीलाई दुध बेच्ने नभई उद्योगी र किसानको बचिमा ४–५ ओटा तह भएकोले त्यसमा पनि समस्या रहेको उनको भनाई छ । जसले गर्दा सबैतिर समस्या थपिँदा अहिले त्यो ठुलो समस्याको रुपमा बाहिर आएको उनको दाबि छ । तर बाहिर उद्योगीले पैसा दिएनन भन्ने व्यापक चर्चा हुँदा उद्योगीपनि समस्यामा छन भन्ने कुरा तर्फ कसैले ध्यान नदिनु दुखद् रहेको उनले बताए । उनका अनुसार यतिबेला करीब १ अर्ब रुपैयाँ बराबरको १५ देखि २० लाख केजी बटर मौज्दात रहेको छ ।
प्रतिक्रिया