काठमाडौं । भारतको अहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन भएको र एक जना जीवित रहेको एअर इन्डियाले जनाएको छ ।
एअर इन्डियाले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटना हुँदा एक मात्र यात्रु जीवित रहेको र अस्पतालमा उपचार भइरहेको बताएको छ । भयानक विमान दुर्घटनामा बाँच्न सफल ब्रिटिश नागरिक विश्वासकुमार रमेशलाई आफू कसरी बच्न सकेँ भनेर थाहा नभएको उनका आफन्तहरूले बताएका छन् । विश्वास कुमार उक्त बोइङ् ७८७ उडानमा ११ ए अङ्कको सिटमा थिए । अहिले सामाजिक सञ्जालमा राखिएका भिडिओमा रमेश एम्बुलेन्सतर्फ हिँडिरहेको देखिन्छ, पछाडि धुवाँको मुस्लो छ । घाईते रमेशलाई भारतीय गृहमन्त्री अमित शाहले अस्पतालमा पुगी भेटेका छन् । भारतमा जन्मिएका उनी यूकेमा सन् २००३ देखि बस्दै आएका थिए । उनको पत्नी र चार वर्षीय एक छोरा छन् ।
प्रतिक्रिया