नेपालको सीमावर्ती जिल्लामा उत्तर प्रदेश सरकारले भत्कायो झण्डै चारसय धार्मिक संरचना

काठमाडौं । भारत, उत्तर प्रदेश सरकारले नेपालसँग सीमा जोडिएका आफ्नो उत्तरी क्षेत्र नजिकै सयौं   धार्मिक स्थलहरू अवैध तरिकाले स्थापना गरिएका भन्दै कारबाही गरेको छ । 

उत्तर प्रदेश सरकारले उत्तरी सीमा क्षेत्रका ३५० वटा अवैध धार्मिक स्थलहरू विरुद्ध कारबाही गरेको जनाईएको छ । सरकारले  जारी विज्ञप्तिमा भनिएको छ, कुनै पनि सरकारी वा निजी जग्गामा अवैध अतिक्रमण सहन गरिने छैन।

नेपालसँग सीमा जोडिएका जिल्लाहरूमा सरकारी तथा निजी जग्गामा अवैध रूपमा निर्माण गरिएका धार्मिक स्थलहरू विरुद्ध कारबाही गरिएको हो। पछिल्ला केही दिनहरूमा सयौं मदरसा, मस्जिद, धार्मिकस्थल र ईदगाहहरू पहिचान गरिएका छन् र तिनीहरूलाई सिल गर्ने र भत्काईएको छ। राज्य सरकारले जारी गरेको विज्ञप्ति अनुसार, यो कारबाही मुख्यमन्त्री योगी आदित्यनाथकै निर्देशनमा गरिएको हो।

नेपालसँग सीमा जोडिएका जिल्लाहरू पिलिभीत, श्रावस्ती, बलरामपुर, बहराइच, सिद्धार्थनगर र महाराजगंज छन् जहाँ अवैध धार्मिक स्थलहरू पहिचान गरिएको छ र तिनीहरू विरुद्ध कारबाही गरेको छ।

मुख्यमन्त्री योगीले दिएको निर्देशन अनुसार, कुनै पनि धर्मको नाममा भूमिको अवैध अतिक्रमण सहन नहुने र नियमहरू बेवास्ता गर्नेहरूमाथि कडा कारबाही गरिनेछ।
 
सरकारी विज्ञप्ति अनुसार, “मे १० र ११ मा, श्रावस्तीमा सार्वजनिक र निजी जग्गामा अवैध रूपमा निर्माण गरिएका १०४ मदरसा, एउटा मस्जिद, पाँच समाधिस्थल र दुई इदगाहलाई चिन्ह लगाइएको थियो।”

सूचना दिएपछि यी सबै सिल गरिएको थियो। यसबाहेक, सार्वजनिक जग्गामा रहेको एउटा अवैध मदरसा भत्काइएको छ भने निजी जग्गामा बनेका दुई मान्यता नभएका मदरसाहरू सिल गरिएको छ।

हालसम्म बहराइच, सिद्धार्थनगर, महाराजगञ्ज, लखिमपुर खेरी, बलरामपुर र पिलिभीतमा सार्वजनिक जग्गामा बनेका अवैध मस्जिद पहिचान गरी नोटिस जारी गरिएको छ । नेपाल सीमा नजिकै रहेका ३५० भन्दा बढी अवैध धार्मिक स्थलहरू विरुद्ध कारबाही गरिएको पनि यसले बताएको छ। -एजेन्सीहरु


 

प्रतिक्रिया