प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच भेटवार्ता भएको छ । उनीहरूबीच भएको भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भेटपश्चात प्रधानसेनापति महारथी शर्मामा भारतीय सुरक्षा अवधारणाबारे प्रस्तुतीकरणसमेत गरिएको जानकारी दिइएको छ । उनले यसअघि राष्ट्रिय समर स्मारकमा वीर शहीदको सम्मानमा पुष्प गुच्छा अर्पण गरे । प्रधानसेनापति शर्माको सम्मानमा साउथ ब्लक लाउन्जमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

  

प्रतिक्रिया