कानुन व्यवसायीलाई अदालत परिसरमा नाराबाजी नगर्न सर्वोच्चको आग्रह

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले कानुन व्यवसायीहरूलाई अदालत परिसरमा नाराबाजी नगर्न आग्रह गरेको छ । नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले टेलिफोन गरी मूलगेटमा नाराबाजी नगर्न आग्रह गरेका हुन् । सर्वोच्च प्रशासनका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

उनले सर्वोच्चले यस्तो भने पनि आफूहरूको आन्दोलन भने निरन्तर जारी रहने बताए । आवश्यकताअनुसार आन्दोलनको स्वरूप परिवर्तन हुन सक्ने तर बैठकबाट अर्को निर्णय नभएसम्म आन्दोलन नरोकिने श्रेष्ठले बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गर्दै करिव दुई महिनादेखि नेपाल बारको अगुवाइमा कानुन व्यवसायी आन्दोलनमा छन् ।

प्रतिक्रिया