'एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्छ'

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका छन् । समाजवादी प्रेस संगठन नेपालले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका हुन् । उनले एमसीसीकोबारेमा सत्तारुढ ५ दलबीच छलफल गरेर साझा निस्कर्ष निकाल्ने पनि बताए ।

अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौम सत्तासँग एमसीसी जोडिनु नहुने बताए । उनले आफूले एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटी कमजोरी छन् भने सच्याएर मात्रै अघि बढ्ने बताए ।

अध्यक्ष नेपालले छिमेकी देशहरुमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताए । उनले भने, ‘एमसीसीको सवालमा पनि हामी छलफल चलाइरहेका छौँ । कसरी, त्यसको अन्तरवस्तु के छ ? कतै त्रुटी कमजोरी छन् भने, सच्याउनु पर्ने कुरा छ भने, कमिटमेण्ट दिनुपर्ने कुरा छ भने ती के के हुन् भन्ने बारेमा पनि हामी छलफल गरिरहेका छौँ । तीन जनाको कमिटी बनाइएको छ । त्यो कमिटीले पनि अध्ययन गरेर आफ्नो निस्कर्ष अघि सार्नेछ । हामी जनभावनालाई पनि हेरिरहेका छौँ । नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार्न सक्दैनौँ ।’

अध्यक्ष नेपालले ओलीले तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अन्याय गरेको बताए । उनले पार्टीमा रहँदा प्रचण्ड धेरै सोझो बनको बताए । अध्यक्ष नेपालले प्रचण्डको कमलो मनले ओलीलाई चिन्न नसकेको भन्दै ओली ज्याद्रो मान्छे भएको बताए । अध्यक्ष नेपालले केपी ओलीको नेतृत्वमा रहेको पार्टीको नारा वामपन्थ नभई रामपन्थ भएको आरोपसमेत लगाए ,

प्रतिक्रिया