'एमालेले अदालतमा विचाराधिन मुद्धालाई उठान गरेर संसद अवरुद्ध गर्न पाउँदैन'

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले सर्वोच्च अदालतको फैसला विपरीत संसद अवरुद्ध गरिरहेको बताएका छन् । 

आइतबार काठमाडौंमा पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चको घोषणा सभामा अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु अघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरीत गएर एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको बताएका हुन् । उनले एमाले अध्यक्ष केपी ओली अदालतको फैसला मान्ने पक्षमा नरहेको बताए ।

उनले अदालतको फैसलालाई स्विकार नगर्नेले संविधानको ढाडस् दिँदै संसद अवरोध गर्नुको कुनै अर्थ नहुने बताए । उनले भने,‘कानुनी राज्यको मान्यतालाई स्वीकार गर्नेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्नुपर्ने हुन्छ । तर केपी ओलीको यो गुट कसैले फैसलालाई मान्य पक्षमा छैन । जनताको जनादेशलाई पनि स्वीकार गर्दैन । जनताका निर्णयलाई पनि अंगीकार गर्दैन । जनतालाई उसले टेर्दैन । कानुनलाई वास्ता गर्दैन । संविधानलाई उसले चुनौति दिने काम गर्छ ।’

अध्यक्ष नेपालले एमालेले अदालतमा विचाराधिन मुद्धालाई उठान गरेर संसद अवरुद्ध पार्न नपाउने बताए । आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको देखेर विरोधीहरुमा छटपटाहट आएको उनले बताए ।

प्रतिक्रिया