सत्ता गठबन्धनको सहमतिमा मात्र एमसीसीबारे निर्णय हुन्छः अध्यक्ष नेपाल

बाँके । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसीबारे सबै पार्टीसँग छलफल चलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको उल्लेख गरे ।

“एमसीसीवारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका पाँच दलबीचमा बैठकमा छलफल चलाउन खोजिरहेको र सबै पार्टीसँग बसेर छलफल चलाइयोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौँ”, अध्यक्ष नेपालले भने, “सबै पार्टीको विचार आउनुपर्यो ।” उनले सत्ता गठबन्धनका पाँच दलको सहमतिमा मात्र एमसीसीबारे निर्णय हुने जिकिर गरे ।

प्रतिक्रिया