फाइनलमा पुग्न नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौँ। ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपालले यूएईसामु जितका लागि १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन बनाएको हो। खराब सुरुवात गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल गुमाएको थियो। 

नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले। त्यस्तै, गुलशन झाले २०, कप्तान रोहितकुमार पौडेलले पाँच, करण केसीले १७ रन बनाए। नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया