एसीसी प्रिमियर कप: टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ। ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो। खेल नेपाल समय अनुसार, विहान ११ः ४५ बजे सुरु हुनेछ।

नेपालका लागि यूएई पुरोना प्रतिद्वन्द्वी हो। अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाई नै सात विकेटले हराउँदै उपाधि चुमेको थियो। त्यतिबेला फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा पनि छनोट भएको थियो। प्रिमियर कपको त्यो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो।

ओमानमा जारी दोस्रो संस्करणमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। नेपाली टोलीले समूहगत चरणमा आफूले खेलेको चारवटै खेलमा जित हात पारेको थियो। नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया