नेपाल ‘ए’सामु आयरल्याण्डको १ सय ७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ। दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्याण्ड उल्भ्सले नेपाललाई १ सय ७५ रनको लक्ष्य दिएको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको पाएको उल्भ्सले निर्धारित ओभरको खेल सकिँदा ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रनमा समेटिएको छ।

नेपालका लागि शाहब आलम र रिजन ढकालले समान तीन तीन विकेट लिए। तीन विकेटका लागि १० ओभर बलिङ गरेका आलमले एक मेडन राख्दै ३५ रन खर्चिए। ८ ओभर बलिङ गरेका रिजन ढकालले ३० रन खर्चेर ३ विकेट आफ्नो नाम गराए। यस्तै, मौसम ढकालले दुई विकेट लिदा कमलसिंह ऐरीले १ विकेट लिए।

वुल्भ्सका गाभिन होइको अर्धशतकीय पारि खेले। होइले ९४ रनमा ७ विकेट गुमाएको को नाजुक अवस्थाबाट लियम म्याकार्थीसँग ४८ रनको साझेदारी गर्दै खेललाई लयमा फर्काए। वुल्भ्सका लागि माकार्थीले ३५ कप्तान निल रकले ४५ र पेटर मुरले १७ रन जोडे।(नेपाल न्यूज बैंक)  

प्रतिक्रिया