उच्च र जिल्ला अदालतमा पनि अब गोला प्रणालीबाट पेसी

काठमाडौँ । अब देशभरका उच्च र जिल्ला अदलतमा पनि गोला प्रणालीबाट पेसी तोकिने भएको छ । सर्वोच्च अदतलतको बुधबार बसेको पूर्ण बैठकले देशभरका उच्च र जिल्ला अदलतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठकले माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गर्दै त्यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्था गर्न निर्देशन दिएको हो ।

सर्वोच्च अदालतमा भने मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणाली लागू भइसकेको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा अदालतका विकृति हटाउन गोलाप्रथा प्रणालीमार्फत् पेसी तोक्न सुझाव दिइएको थियो। प्रतिवेदनको सुझावका आधारमा गोला प्रणालीमार्फत पेसी तोक्ने निर्णय भएको हो ।

प्रतिक्रिया