सिनोझैं गन्हाउने फूल ‘पेनिस प्लान्ट’ हेर्न दर्शकको ओइरो


काठमाडौं । यो धर्तीमा फूल्ने सबै फूलहरु सयपत्री र गोदावरी झैं सुगन्धित हुँदैनन् । एउटा फूल यस्तो पनि हुन्छ, जुन सुगन्धका कारण हैन, दुर्गन्धका कारण विश्वमा प्रख्यात छ ।
 
सडेको सिनो झैं गन्हाउने फूलको नाम हो, क्रप्स फ्लावर । यसलाई ‘पेनिस प्लान्ट’ पनि भनिन्छ । जतिसुकै गन्हाओस्, तर यो फूल हेर्न मानिस लालायित हुने गर्छन् । 

क्राप्स फ्लावरलाई बनस्पतिविदहरुले अमोफोर्फैलस डिकस–सिल्भे नाम दिएका छन् । यो फूल नेदरल्याण्ड युनिभर्सिटी अफ लीडेनको बगैचामा फूलीरहेको छ । लिंगको आकारको फूलबाट निकै तिब्र दुर्गन्ध आउँछ । यो फूल फूलिरहेको ठाउँमा उभिने मानिसलाई केहीबेरमै कुनै मसानघाटमा लास सडिरहेझैंै लाग्छ । दुर्गन्धकै कारण यो फूल वरिपरी माखा र किराहरु आकर्षित हुने गर्छन् । 

पेनिस प्लान्ट निकै ठूलो फूल हो । पूर्ण रुपमा फूलेमा यसको बिचको भाग ६ फीटभन्दा अधिक अग्लो हुनसक्छ । यो फूललाई आफ्नो प्राकृतिक बातावरणमा फूल्न सात वर्ष लाग्छ । यसको प्राकृतिक वातावरण इन्डोनेशीयाको जावा द्विपमा मात्र हून्छ । यही कारण युरोपको ग्रिन हाउसमा यो फूल फूल्नुलाई दुर्लभ घटना मानिएको छ । 

यो फूल पछिल्लो पटक सन् १९९७ मा हार्टस बोटेनिकसमा फूलको थियो । यसपटक यो दुर्लभ घटना नेदरल्याण्डका बनस्पतिशास्त्रीहरुले घटाएका हुन् । यो नेदरल्याण्ड युनिभर्सीटीको बोटानिकल गार्डेनले इन्स्टाग्राममा  फूलको तस्वीर पोस्ट गर्दै ‘पेनिस प्लान्ट’ लेखेको छ । उनीहरुले लेखेका छन्,‘यो फूल पूर्ण रुपमा फूलेको छ र यसबाट सडेको शवको जस्तो दुर्गन्ध आइरहेको छ । यो फूल हेर्न धेरै मानिस आइरहेका छन् ।’


 

प्रतिक्रिया