९९९ मत गणनामा देउवाको ५९०, कोइरालाको ४०१

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउन सुरु गरेको छ । ९९९ मत गणना गर्दा शेरबहादुर देउवाले ५९० मत ल्याएका छन् भने शेखर कोइरालाले ४०१ मत ल्याएका छन् ।

पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार पुनः मतदान भएको हो । दिउँसो साढे ३ बजेपछि झन्डै ६ घण्टाको अवधिमा ४ हजार ५६४ जनाले मतदान गरेका छन् । दोस्रो चरणमा सभापतिमा निर्वाचित हुन खसेको कुल मतको बहुमत अर्थात २२८२ मत ल्याउनुपर्छ ।

प्रतिक्रिया