त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौँ। काठमाडौंमा जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ।

आइतबार भएको नेदरल्यान्ड्स र नामिबियाविरुद्धको खेल वर्षाले विथोलिएपछि नेपाललले उपाधीका लागि नेदरल्यान्ड्ससँग भिड्ने पक्का भएको हो।

टीयू क्रिकेट मैदानमा १५ ओभरमा नामिबियाले ४ विकेटको क्षतिमा ९८ रन बनाएपछि वर्षा सुरु भएको थियो। त्यसपछि खेल सम्भव नभएपछि दुवै टोलीले एक–एक अंक बाँडेका हुन्।

४ खेलपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्ष स्थानमा रह्यो। नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ। नामिबिया ३ अंकसहित तेस्रो स्थानमा सीमित बन्यो।

फाइनल खेल मंगलबार हुनेछ। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया