करणको उत्कृष्ट बलिङमा नामिबियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ। त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालले नामिबियालाई पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले ७ विकेट गुमाएर निर्धारित ओभरमा १७७ रनमा समेटियो।

नामिबियालाई ३ रनले पराजित गरेको नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ। नामेबियाका लागि २५ बलको सामना गरेका क्याप्टेन जेजे स्मिथ सर्वाधिक ५० रन बनाएर क्याच आउट भए। नामिबियाका लागि खेलको १७ औँ ओभर निकै महत्वपूर्ण रह्यो। उक्त ओभरमा दुई चौका, एक छक्कासहित १८ रन बनायो।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए। खेलको १.३ ओभरमा सोमपाल कामीले ओपनर मलान क्रुगरलाई ३ रनमा आउट गराए। यस्तै कामीले ७.२ ओभरमा जेपी कोट्जेलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराए। २२ बलको सामना गरेका कोट्जेले २५ रन बनाएर पेभिलियन फर्किएका थिए। अविनाश बोहराले पनि एक विकेट लिए। 

अर्का बलर करण केसीले आफ्नो नाममा २ विकेट राखे। खेलको ५.३ ओभरमा अर्का ओपनर इकल भान लिंगेनलाई आउट गराएका उनले खेलको अन्तिम ओभरको पाँचौ बलमा सन्दीप जोराको हाटबाट आर ट्रम्पलम्यानलाई क्याच आउट गराए। 

निकै रोचक भएको खेलमा केसीको अन्तिम १९ ओभरको बलिङ नेपाललाई जिताउन अविश्वसनीय साबित भयो। यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतकको (५५ रनमा नट आउट) मद्दतमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया