आईसीसी यू–१९ विश्वकप: नेपालले भारतसँग खेल्दै

काठमाडौँ। आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज भारतसँग खेल्दैछ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउँसो १-४५ बजे हुनेछ। नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ। 

सुपर सिक्समा यसअघि नेपालले बंगलादेशसँग खेलेको थियो। जसमा नेपाल ५ विकेटले पराजित भएको थियो। उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ। आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ। पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने देखिन्छ।

तर नेपालको भने यो प्रतियोगिताको अन्तिम खेल हो। नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ। यसअघि विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएका छन्। दुबै खेलमा नेपालले हारेको छ। नेपाल सन् २००० मा ८ विकेट र २०१६ मा ७ विकेटले पराजित भएको थियो। 

आजको खेलबाट नेपाल आफ्नो इतिहासमा नयाँ रेकर्ड बनाउने दाउमा रहनेछ। तर त्यो त्यति सहज भने देखिदैन।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया