क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्वित

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ। 

विहीबार लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनैपनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले विज्ञप्तिमार्फत जनाएको छ। बुधबार काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय सुनाएपछि क्यानले लामिछानेलाई निलम्बन गरेको हो।

बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधवार सुनाएको थियो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया