कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन तथा समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ । 
 

प्रतिक्रिया