भारतसँग नेपालको लज्जास्पद हार, प्रतियोगिताबाटै बाहिरियो

काठमाडौं। दुबईमा जारी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत भारतसँग नेपालले १० विकेटको लज्जास्पद हार व्यहोरेको छ।

नेपालले दिएको ५३ झिनो लक्ष्य भारतले विना कुनै क्षति पुरा गर्यो। भारतले ७.१ ओभरमा निर्धारित लक्ष्य पुरा गरेको हो। भारतका ओपनर ब्याट्सम्यान आदर्श सिँहले १३ रन र अशि्र्वन कुलकर्नीले ४३ रन बनाए। उनले ३० बलमा पाँच छक्का र एक चौकाको मदतमा ४३ रन बनाए। 
पहिले ब्याटिङको निम्तो पाएको नेपालले खराब प्रदर्शन गर्यो। नेपालले २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्र बनाउन सक्यो। नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। अंक तालिकाको पुछारमा रहेको नेपालको रन रेट समेत ऋणात्मक छ।

आजको जितसँगै भारत समूह ए को शिर्ष स्थानमा उक्लिएको छ। तिन खेलमा दुईमा जित र एकमा हार व्यहोरेको भारतको ४ अंक छ। त्यस्तै पाकिस्तान दोस्रो र बङ्लादेश तेस्रो स्थानमा छ। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया