यू१९ प्रिमियर कप: नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं। मलेसियामा जारी एसीसी यू१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

आज भएको साउदीअरबविरुद्धको खेलमा ३०१ रनको विशाल जित निकालेको नेपालले समूह चरणमा तीनवटै खेलमा सहजसहित सेमिफाइनलमा स्थान पक्का गरेको हो।

ब्याटिङमा ओपनर अर्जुन कुमालले १४२ रनको किर्तिमानी इनिङ खेले भने बलिङमा दीपेश कँडेलले फेरि एकपटक ५ विकेटको सफलता पाए।

नेपालले टस हारेर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३४७ रनको विशाल स्कोर खडा गरेको थियो। जवाफमा साउदी अरब ४६ बलमै अलआउट भयो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया