त्रिकोणात्मक श्रृंखला: नेपाललाई यूएईद्वारा १४१ रनको लक्ष्य

 काठमाडौं। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।

मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले, निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको हो। यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए।

यस्तै अली नासिरले पनि ३२ रन जोडे। ५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनीहरुले अर्धशतकीय साझेदारी गरेका हुन्। नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक विकेट हात पारे। 

विश्वकप छनोटका तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो। नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्ने छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया