त्रिकोणात्मक श्रृंखला: नेपाल र यूएईबीचको खेल सुरु, टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं। त्रिकोणात्मक श्रृखला अन्तर्गत नेपाल र यूएईबीचको टि–२० क्रिकेट सुरु भएको छ।

मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

आज नेपालीका मौसम ढकालले डेब्यू गरेका छन्। सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन्।

मौसम विगत ८ महिनायता नेपालको राष्ट्रिय टिमसँग प्रशिक्षण गरिरहेका थिए।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, अभिनाश बोहोरा र श्याम ढकाल (मौसम) छन्।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया