त्रिकोणात्मक टी–२० श्रृंखलाका लागि सन्दीप बिनाको टिम घोषणा

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाका लागि नेपाली टीमको घोषणा भएको छ । 

रोहित पौडेलको कप्तानीमा रहेको १८ सदस्यीय नेपाली टोलीमा ललितनारायण राजवंशी फर्किएका छन् । यसअघि घाइते भएर खेल गुमाएका उनी खेलमा फर्किएका हुन् । त्यस्तै टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन् । गुल्सन झा, विवेक यादब र अविनाश बोहरा पनि टोलीमा   छन् ।

सन्दीप लामिछाने भने टोलीमा समावेश छैनन् । अदालतमा विचाराधीन मुद्दाको सुनुवाइमा ढिलासुस्ती गरिएको भन्दै उनले केही दिनअघि राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

विश्वकप छनोटको तयारीस्वरुप नेपालले, आयोजना गर्न लागेको यो प्रतियोगिता बुधबारदेखि हुँदैछ । श्रृंखलामा यूएई र हङकङ पनि सामेल छन् । (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया