एसीसी कप: इरानलाई नेपालको ३५४ रनको लक्ष्य

काठमाडौं। कप्तान देव खनालको विष्फोटक शतक मद्दतमा, आजबाट सुरु भएको एसीसी यू १९ पि्रमियर कपमा इरानसमक्ष नेपालले ३५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो। अर्जुन कुमार दोस्रो बलमै आउट भए भने तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि ९ बलमा ३ रन मात्रै बनाउन सके।

१० रनमै दुई विकेट गुमाएको अवस्थामा कप्तान देवले ओपनर दिपक बोहोरासँग मिलेर नेपाललाई खेलमा फर्काएका हुन्। उनले ६० बलमा १२ चौका र ४ छक्काको मद्दतले शतक पूरा गरेका हुन्। १०० रन बनाएलगत्तै उनी आउट भएका थिए  बोहोरा ५९ बलमा ६५ रन बनाएर आउट भए।

यस्तै दिपक प्रसाद डुम्रेले ४४ बलमा ६९ रन बढाउँदै नेपाललाई विशाल स्कोरतर्फ अघि बढाएका थिए। दीपेश कँडेलले २२ बलमा २९ रन बनाए। इरानका लागि सलमान नियाजमन्द र दद्राहमन रइसीले समान ३–३ विकेट लिए। (नेपाल न्यूज बैंक) 

प्रतिक्रिया