आईसिसी विश्वकप: भारत र अष्ट्रेलिया भिड्दै

काठमाडौं । आइसिसी विश्वकप २०२३ को पाँचौं खेलमा आज भारत र अष्ट्रेलियाबीच खेल हुँदैछ । उपाधिका प्रमुख दुई दाबेदार मानिएका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो २ ः १५ मा चेन्नईमा सुरु हुनेछ ।

भारतको रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले कप्तानी गर्नेछन् । 

विश्वकपमा भारत र अष्ट्रेलियाबीच १२ खेल भएको छ । जसमा भारत ४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । पछिल्ला पाँच ओडिआई खेलमा भारत २ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ ।

दुई साता अघि भारतले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो । 

प्रतिक्रिया