एसियाली खेलकुदमा सहभागि राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

१९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागि नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए।

उनले भने,“सोचेको जस्तो रिजल्ट आएन्। चुनौतीपुर्ण त छँदै थियो तर अन्तिम ओभरमा फिल्डिंगमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुप¥यो। निरासासंगै संगै खेल सकारात्मक नै थियो।”

आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताए। त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताए। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया