कोशी नामकरणको विरोधमा भएको आन्दोलन विदेशीको पैसालेः अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्धमा भएको आन्दोलन विदेशीको पैसाले चलेको आरोप लगाएका छन् ।

बुधबार विराटनगरमा एमालेको कोशी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।

प्रदेशको नाम कोशी राखेकोमा प्रदेशसभालाई धन्यवाद दिनुपर्ने भन्दै ओलीले विदेशीले खर्च पेलेको भरमा २–४ जना कराएर वा चार जनाले ढुंगा हानेर केही फरक नपर्ने बताए ।

कोशी प्रदेशको गौरवलाई एकताबद्ध ढंगले अगाडि बढाउन आग्रह गर्दै ओलीले विकासमा प्रतिस्पर्धा गर्नुपर्ने बताए । ‘हाम्रो देशको विकास रोक्नका लागि कुनै षड्यन्त्र भइरहेको छ, त्यसलाई परास्त गर्नुपर्छ’ उनले भने ।

गठबन्धन सरकारको विरोध गर्दै ओलीले एमालेबाहेक देशमा कसैले केही नगरेको दाबी पनि गरे ।
 

प्रतिक्रिया