सिक्किमः बाढीमा परी २३ भारतीय सेना बेपत्ता

काठमाडौं। भारी वर्षापछिको बाढीमा परी भारतको सिक्किममा २३ भारतीय सेना बेपत्ता भएका छन्। भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासी बाढी आएको थियो।

भारी वर्षासँगै त्यहाँ रहेको छुन्थाङ ड्याम भरिएर पानी बाहिर आएको थियो। भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार ड्याममा पानीको सतह २० फिट माथि पुगेको छ। त्यसैगरी सेनाको बेसक्याम्पमा पनि क्षति पुगेको जनाइएको छ। 

सेनाको सवारी साधनमा पनि क्षति पुगेको छ। त्यहाँको सेनालाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले भनेको २३ जना सेनाका जवानहरू बेपत्ता भएका छन्। खोजी कार्य जारी राखेको सेनाले उल्लेख गरेको छ। सो स्थान नेपालको सीमा क्षेत्र नजिक एवं विश्वकै तेस्रो उच्च शिखर कन्चन्जङ्गा हिमालको आसपासमा पर्छ। 
 


 

प्रतिक्रिया