एक दिवसीयमा कुशलको एक हजार रन पूरा

काठमाडौँ। नेपाली ब्याटर कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक हजार रन पूरा गरेका छन्। एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा उनले एक दिवसीय खेलमा एक हजार रन पूरा गरेका हुन्।

एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन्। भुर्तेलले ४६औं खेलमा एक हजार रन पूरा गरेका हुन्।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ पाएको राम्रो सुरुआत गरेको छ। अहिले ओपनर आसिफ शेख र कुशल भुर्तेल क्रिजमा छन्। यसअघि नेपालका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन्। (रासस)

प्रतिक्रिया