महिला विश्वकप: सेमिफाइनल पुगेका चार टिम को कस्ता ?

काठमाडौं। महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्र्तगत आज देखि सेमिफाइनलका खेलहरू हुने भएका छन्। आज स्पेन र स्वीडेनबीच खेल हुँदैछ भोलि दोस्रो सेमिफाइनल इंग्ल्यान्ड र अस्ट्रेलियाबीच हुनेछ। १९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ। सेमिफाइनलमा पुगेका चार टिम को कस्ता छन्?

trophyस्वीडेनको अहिलेको टिमलाई महिला फुटबल इतिहासमै यो देशको स्वर्णिम पुस्ताका खेलाडी भन्ने गरिन्छ। तर स्वीडेनले अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा जितेर त्यसलाई प्रमाणित गर्न सकेको छैन। दुई वर्षअगाडि टोकियोमा भएको ओलम्पिक्समा स्वीडेन स्वर्ण पदकको नजिक पुगेको थियो  तर फाइनलमा क्यानडासँग पराजित भयो । विश्वकपकमा भने २००३ मा उपविजेता बन्नु स्वीडेनको ठूलो उपलब्धी हो र तीन पटक तेस्रो स्थानमा विश्वकप सकाएको छ। 

त्यस्तै,२०१९ को उपविजेता नेदरल्याण्ड्सलाई क्वाटरफाइनलमाको अतिरिक्त समयमा २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनल पुग्ने पहिलो टिम हो। विश्व वरियतामा सातौं स्थानमा रहेको स्पेन यसअघि क्वाटरफाइनलबाट अघि बढ्न सकेको थिएन। त्यसमा पनि स्पेन र स्वीडेन अहिलेसम्म विश्वकपमा भेट भएको थिएन। स्पेन सुरुको ६ विश्वकपमा छनोट नै भएको थिएन। 

अस्ट्रेलिया मटिलडासको उपनामबाट चिनिने अस्ट्रेलियाको सेमिफाइनल यात्रा निकै तनावपूर्ण रह्यो। ब्रिसवनमा सोल्ड आउट क्राउडको अगाडि अस्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा हरायो। खेलको विजेता निर्णय हुन २० पेनाल्टी प्रहार गर्नुपरेको थियो र यो महिला विश्वकप इतिहासमै सबैभन्दा लामो रह्यो। अस्ट्रेलिया गोलकिपर माकेन्जी आर्नोल्डका लागि सुटआउट उतारचढावपूर्ण रह्यो। फिफा वरियतामा १२औं स्थानमा रहेको अस्ट्रेलिया सेमिफाइनल खेल्ने मध्ये सबैभन्दा तल्लो वरियताको टिम हो। 

गत वर्ष युरोपियन च्याम्पियनसिपको उपाधि जितेको इंग्ल्यान्ड विश्वकप उपाधि थप्ने योजनामा छ। प्रशिक्षक सरिना विघमनलाई राम्रोसँग थाहा छ कि टिमले सेमिफाइनलमा घरेलु टोली अस्ट्रेलियासँग खेल्दैछ। अन्तिम १६ को खेलमा रातो कार्ड पाएकी इंग्लिस स्टार लाउरेन जेम्सले दुई खेलको निलम्बनका कारण अस्ट्रेलिया विरुद्धको खेल पनि गुमाउनेछिन्। (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया