भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश

काठमाडौं। भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ।

Bharat 1भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ अन्तरिक्ष यानले चन्द्रमाको झण्डै दुई तिहाइ दूरी तय गरी आईतबार सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको हो।

Bharatइसरोले चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको तस्बिर समेत सार्वजनिक गरेको छ। 

इसरोले ट्विट गर्दै लेखेको छ ‘यो चन्द्रयान–३ हो। म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु।’ भारतले तेस्रो चन्द्र अन्वेषण अभियान चन्द्रयान–३ लाई गएको जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटा सतीश धावन अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक Bharat 3प्रक्षेपण गरेको थियो।

अमेरिका, चीन र रूसपछि चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान अवतरण गर्ने र चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरणका लागि देशको क्षमता प्रदर्शन गर्ने भारत चौथो देश हो। अवतरण पछि, चन्द्रयान–३ ले एक चन्द्र दिनको लागि काम गर्नेछ। नेपाल न्यूज बैंक
 

प्रतिक्रिया