शुल्क बढाए पनि गुणस्तर घटेको भन्दै थापाथलीका विद्यार्थी आन्दोलनमा

काठमाडौं। स्ववियु थापाथली क्याम्पसले गैरजिम्मेवार सरकार विरुद्ध वृहत् भेला र सान्केतिक प्रदर्शन भन्दै फ्रि स्टुडेण्ड मुभमेन्ट  कार्यक्रम गरेको छ । 

Students 1शुक्रबार सरकारविरुद्ध वृहत् भेला र सांकेतिक प्रदर्शन फ्रि स्टुडेण्ड मुभमेन्ट  कार्यक्रम गरेको हो । 

थापाथली क्याम्पसका अध्ययनरत विद्यार्थी इश्वर प्रसाईले सरकारले जिम्मेवारी बहन नगरेको कारणले गर्दा पढाईको गुणस्तर घटाईएको र शुल्क बढाइएको आरोप लगाए । 

प्रसाईले भने ‘ आज सरकारले ध्यान नदिएको कारणले गर्दा हामी सडकमा उत्रन पर्ने अवस्था आएको छ । देश विकासको लागि करोडौं क्रृण लिन सक्ने सरकारले देशको प्रविधिक क्याम्पसका १ रुपैयाँ लगानी गर्न हिचकिचाईरहेको छ । ’ 

Students 2विरोध कार्यक्रममा सहभागी विद्यार्थी ज्ञानदेव महतोले सरकारले शुल्क बढाएको र त्यो उचित नभएको बताए । 

महतोले भने ‘सरकारले जुन आई एको  फि बढाएको छ । त्यसको विरुद्धमा आन्दोलनमा आएका हौं फि बढाउन खोजिरहेको छ । शैक्षिक गुणस्तर दिन प्रति दिन घट्दै गईरहेको छ । प्राविधिक शिक्षा ल्याब कक्षा कोठा पहिले जसरी चलेको अवस्था छैन । फि बढाउने तर गुणस्तर घटाउँने यसमा हाम्रो आपत्ति हो ।’ 

Studentsप्रदर्शनमा विद्यार्थीहरुले त्रिभूवन विश्वविद्यालय रोज्ने कि त्रिभुवन विमानस्थल,विद्यार्थी पढ्न आउनु पर्ने हो कि आन्दोलन गर्न भयो मन बरु विदेश जान्छु तर सक्दिन ८ लाखको त्रृण लिइ मर्न जस्ता नाराहरु लागाएका थिए । (नेपाल न्यूज बैंक)


 

प्रतिक्रिया