चाणक्य भन्छन्- 'धैर्य रहन कागबाट सिक'

आचार्य चाणक्यका नीतिले मानव जीवन जिउने सही तरिका सिकाउँछ। सफल जीवन जिउन के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुरा चाणक्यले आफ्नो नीतिमा भनेका छन्। जुन मानव जीवनमा पूर्ण रुपमा लागु हुन्छन्। चाणक्य नीति पालना गर्दा जीवन सुख, शान्ति र तनाव मुक्त हुने विश्वास गरिन्छ। चाणक्यले जीवनमा सिक्नै पर्ने केही कुरा भनेका छन्, जुन यसप्रकार रहेका छन्। 

व्यक्तिगत जीवन आफैसँग राख्ने

आचार्य चाणक्यले भनेका छन्, हरेक मानिसले आफ्नो व्यक्तिगत जीवन आफैंसँग राख्नुपर्ने बताएका छन्। व्यक्तिगत जीवनलाई सामाजिक बनाउन नहुने उनको सल्लाह छ। जो मानिसले व्यक्तिगत जीवनलाई सामाजिक बनाउँछ, त्यस्ता मानिसलाई पछि गएर समस्या पर्ने उनको भनाई छ। 

धैर्य रहने

चाणक्यले आफ्नो श्वलोकमा भनेका छन्, धैर्य अनिवार्य राख्नुपर्छ। जतिसुकै खराब परिस्थितिमा पनि धैर्य तोड्नु हुँदैन्। परिस्थिति आफू प्रतिकुल हुँदा पनि धैर्य रहनुपर्ने चाणक्यको सल्लाह छ। कागले अन्तिमसम्म धैर्य राखेर बस्छ र अन्यमा मात्र हमला गर्छ, त्यसपछि मात्र उसको पेट भरिन्छ। 

सधै सावधान रहने

चणक्य भन्छन्, यदी तपाईंलाई ठूलो मानिस बन्नुछ भने सधै सावधान रहनुपर्छ। आफ्नो चारैतर्फ हेर्नुपर्छ र हरेक कुरा बुझ्नुपर्छ अनिमात्र आफ्नो अगाडीरहेको मानिसलाई पनि बुझ्न सकिन्छ।

कसैप्रति भरोसा नगर्ने

मानिसले अधिकांश धोका र दुःख विश्वास गरेकै मानिसबाट पाउँछ। त्यसैले कसैमाथि पनि विश्वास गर्नु हुँदैन भन्ने चाणक्य नीतिको तर्क छ। हामीले आफ्नो लागि नयाँ साथी र सम्बन्ध खोज्छौँ तर उनीहरुले धोका दिने गर्छन्। कागले कसैमाथि पनि विश्वास गर्दैन्। उसले आफूमाथि भरोसा गर्छ र त्यही कारणले ऊ सफल हुन्छ। (चाणक्य नीतिबाट साभार)

प्रतिक्रिया