मेयर बालेनको विरोधपछि ‘आदिपुरुष’बाट हटाइयो ‘सीता भारतकी हुन्’ भन्ने संवाद

‘सीता भारतमा जन्मिएकी हुन्’ भन्ने गलत संवाद भारतीय सिनेमा ‘आदिपुरुष’बाट हटाइएको छ। काठमाडाैँका मेयर बालेन्द्र शाहले बिहीबार उक्त स‌ंवाद् नहटाए महानगरमा उक्त फिल्मसहित कुनै पनि हिन्दी फिल्म चलाउन नदिने चेतावनी दिएका थिए।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाले उनको चेतावनीपछि ‘आदिपुरुष’ सिनेमाबाट निर्माताले ‘सीता भारतमा जन्मिएकी हुन्’ संवाद हटाएको जनाएको छ। 

भारतीय सिनेमा ‘आदिपुरुष’को ट्रेलरमा सीतालाई भारतकी छोरी भनिएको छ। रामायणअनुसार सीताको जन्म नेपालको जनकपुरमा भएको थियो र भगवान राम अयोध्याबाट आएर उनीसँग विवाह गरेका थिए । 

फिल्ममा यसबाहेक यस्तै अन्य त्रुटि छन् छैनन् त्यो भने हेर्न बाँकी छ।फिल्ममा भगवान् रामको भूमिकामा प्रभास, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सन्नी सिंह छन्। सैफ अली खान रावणको भूमिकामा छन्। 

प्रतिक्रिया