‘जानकी भारतीय छोरी हुन्’ भन्ने फिल्मको शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने- मेयर बालेन

काठमान्डौ : सामाजिक सञ्जालमा फेसबुकमा काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ को केही शब्द प्रति आपत्ति  जनाएका छन्।

‘जानकी भारतीय छोरी हुन्’ भन्ने फिल्ममा समावेश भएको शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन्।

फेसबुकमा नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने उनलेलेखेका छन्।

 फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय दिंदै ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’, उनले लेखेका छन् ।

 

प्रतिक्रिया